Comments Add Comment

ह्यान्डबल संघद्वारा ११९ जनाको कोरोना बिमा

२५ भदौ, काठमाडौं । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी ११९ जनाको कोरोना बिमा गरेको छ ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बिमा गराएको हो ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा ११९ जनाको कोरोना बिमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए । ‘हामीले पहिलो चरणमा १ सय १९ जनाको बिमा गरेका छौं,’ महासचिव रेग्मीले भने, ‘अझै करिब ५० जना छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सबैको बिमा गर्दैछौं ।’

सबै प्रदेश र जिल्लाहरुबाट बिमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षदेखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना विमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए ।

उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत वाड्नका लागि सवै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए ।

अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्वीस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment