+
+
Shares

सुरक्षाको कारण देखाउँदै अमेरिकाद्वारा एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १६:५५

२५ भदौ, काठमाडौं । अमेरिकाले सुरक्षाको जोखिम रहेको भन्दै एक हजार चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । पछिल्लो समय अमेरिका र चीनबीच बढ्दो तनावको क्रममा अमेरिकाको यस्तो निर्णय आएको हो ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै चिनियाँ नागरिकहरुको चिनियाँ सेनासँग सम्बन्ध रहेको बताएका थिए । उनीहरुमध्ये केहीले डेटा र बौद्धिक सम्पत्तिको चोरी गरेको ट्रम्पको आरोप थियो । यस विषयमा अमेरिकाले विस्तृत जानकारी भने दिएको छैन । चीनले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०१८/१९ मा अमेरिकी युनिभर्सिटीहरुमा करिब तीन लाख ७० हजार विद्यार्थी भर्ना भएका थिए । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले अहिले भिसा रद्द गरिएकाहरुमा ‘उच्च जोखिम भएका ग्र्याजुएट विद्यार्थी र अनुसन्धानकर्ता’ रहेको बताएकी छन् । उनका अनुसार समग्र चिनियाँ विद्यार्थीको संख्यामा अहिले भिसा रद्द हुनेको संख्या निकै कम हो । उनले अझै पनि अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य पभुत्व विस्तारको लक्ष्यसँग नजोडिएका विद्यार्थीहरुलाई स्वागत गर्ने बताइन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?