
२५ भदौ, बुटवल । कपिलवस्तुका एकजना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा बिहीबार मृत्यु भएको हो ।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
मिर्गौलाको डायलासिस गराउंदै आएका उनमा उच्च रक्तचापको पनि समस्या रहेको थापाले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4