Comments Add Comment

कैलालीमा ३६ प्रहरीसहित ६७ जना कोरोना संक्रमित थपिए

२५ भदौ, कैलाली । बिहीबार कैलालीमा ६७ सहित सुदूरपश्चिममा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ६७ सहित प्रदेशका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३१९ जनाको स्वाब परीक्षण गर्दा कैलाली र कञ्चनपुरका ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ५० जना धनगढी उपमहानगरपालिका भित्रैका रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । धनगढीका ९ महिला र ४१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये अधिकांश स्थानीय संक्रमित रहेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । ‘अधिकांश स्थानीय संक्रमित हुन्’ स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘त्यो संख्यामा केही प्रहरीहरू पनि छन् ।’

बिहीबार ५० जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या ३३८ पुगेको छ । बिहीबार नै धनगढीसहित गोदावरीका १३ जना चुरे गाउँपालिकाका २ जना कैलारी र घोडाघोडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

३६ प्रहरीमा संक्रमण

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहीबार संक्रमण पुष्टि भएका मध्ये ३७ जना प्रहरी हुन् ।

सशस्त्र प्रदेश प्रहरी गण मुख्यालय धनगढीका ३७ जनामा कोरोना संक्रमण भएको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा ८४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीमा ५५ जना कञ्चनपुरका ९ जना, अछामका र बाजुरामा ६/६ जना डोटीमा ३ जना दार्चुला २ जना बैतडी र बझाङ मा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डोटीका एकजना, डडेल्धुरामा शून्य

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

डडेलधुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिपोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको डडेलधुरा अस्पतालले जनाएको छ ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको  संख्या ६ हजार तीन सय ८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment