
२५ भदौ, काठमाडढौं । लेबनानको बेइरुत सहरको बन्दरगाहमा भीषण आगलागी भएको छ । बिहीबार बेइरुतका बन्दगाहमा ठूलो मुस्लोसहितको आगलागी भएको हो । यद्यपि आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।
बेइरुत सहरमा एक महिनाअघि तीन हजार टन एमोनियम नाइट्रेट विष्फोट भएको थियो । जसमा १९० जनाको मृत्यु भएको थियो भने ६ हजार पाँच हजारभन्दा धेरै मानिस घाइते भएका थिए । साथै उक्त विष्फोटको कारण सहरभर हलचल पैदा भएको थियो ।
बिहीबार सुरुमा बन्दरगाहमा कालो धुवाँको मुस्लो देखिएको थियो । केही समयपछि बिस्तारै आगोको ज्वाला देखिएको थियो । लेबनानको सेनाका अनुसार अहिले आगलागी भएको स्थानमा टायर र तेल भण्डारण गरेर राखिएको थियो । अहिले आगो निभाउने काम भइरहेको र त्यसका लागि सेनाको हेलिकप्टरको पनि प्रयोग भइरहेको बताइएको छ ।
यसै साता बेइरुतको बन्दरगाहमा यो दोस्रो आगलागी हो । यसअघि गत मंगलबार पनि सानो आगलागी भएको थियो । यसले मानिसहरुमा ठूलो त्रास सिर्जना गरेको थियो । तर, केही समयमा नै उक्त आगो नियन्त्रणमा लिइएको थियो ।
स्रोत : एपी
प्रतिक्रिया 4