
२६ भदौ, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका- २ निवासी ७८ बर्षीया बृद्धामा शुक्रबार विहान कोरोना संक्रमण पुष्टि भएको कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।
उनको शव अस्पतालमै रहेको छ । शब ब्यबस्थापनका लागि नेपाली सेनालाई भनिएको डा. प्रधानले जानकारी दिए । चितवनमा कोरोना संक्रमित २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका मात्र १४ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4