Comments Add Comment

ओमानबाट पाँचौ उडानमार्फत फर्किए १६५ जना

२६ भदौ, काठमाडौं । ओमानबाट पाँचौ उडानमार्फत १६५ जना (३९ महिला तथा १२६ पुरूष) नेपालीहरू फर्किएका छन् । हालसम्म ओमानमा अलपत्र रहेका ८३० जना नेपालीहरुलाई नेपाल फिर्ता भएका छन् ।
शुक्रबार भएको उडानमा सबै पीसीआर नेगेटिभ आएका नेपालीहरु मात्रै छन् ।

फर्किनेमध्ये बाह्रदशी झापाकी नेत्र कुमारीराउत पनि छिन् । उनी वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा धेरै वर्षअघि ओमान पुगेकी थिइन् ।

२०७० साल देखि सम्पर्कविहीन रहेकी आमा खोज्न छोरा नवराज राउतले परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएका थिए । उनकोस्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण भएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै ओमानमा काम गर्ने क्रममा अलपत्र परेका ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत उद्धार उडान मार्फत नेपाल फर्काइएको नेपाली दूतावास ओमानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment