+
+

महोत्तरीका कोरोना संक्रमित पुरुषको जनकपुरमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते १८:५०

२६ भदौ, जनकपुरधाम । महोत्तरीमा थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका १ बथनाहा निवासी ६५ वर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएर श्वास फेर्न समस्या भएपछि उनलाई गत भदौ १९ गते प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयमा स्वाब लिएर पीसीआर परीक्षण गर्दा दुई दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमै राखेर उपचार सुरु गरिए पनि बचाउन नसकिएको झाले बताए । उनी यसअघि हाइपरटेन्सनका बिरामी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?