
२६ भदौ, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका– ६ का ६० वर्षका पुरुषको शुक्रबार मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि ती पुरुष लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि फिभर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनमा दम तथा छारे रोगको पनि समस्या देखिएको डा. गौतमले बताए । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4