+
+

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २७ गते ९:५८

२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी दशौं संक्रमित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?