Comments Add Comment

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु, २ जना घाइते

२७ भदौ, काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ ।

पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचाैर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए ।

ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

गत वर्ष रोल्पाको थवाङ गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment