Comments Add Comment

६२ वर्षको एक्लो अजिंगरले ७ वटा अण्डा पारेपछि…

काठमाडौं । अमेरिकाको सेन्ट लुइस चिडियाखानामा एउटा अनौठो घटना भएको छ । त्यहाँ रहेको ६२ वर्ष उमेरको एउटा पोथी अजिंगरले ७ वटा अण्डा पारेको छ । त्यो वृद्ध अजिंगरले एक्कासी फुल पार्नु अनौठो यसकारणले भयो कि उक्त पोथी अजिंगर पछिल्लो २० वर्षदेखि कुनैपनि भाले अजिंगरको सम्पर्कमा छैन ।

चिडियाखानाको सरिसृप विभागका व्यवस्थापक मार्क भेनरका अनुसार पोथी अजिंगरले यसरी बतासे अण्डा पार्नु निकै दुर्लभ घटना हो । तर यो विल्कुलै असम्भव भने होइन । निकै दुर्लभ घटनाहरुमा यसअघि पनि उक्त प्रजातिका अजिंगरले भाले विनै पनि अण्डा पार्ने गरेको पाइएको थियो ।

उक्त अजिंगर प्रजातिका पोथीले समागमका क्रममा भालेबाट लिएको शुक्रकिट आफ्नो शरीरमा वर्षौँसम्म संग्रह गरेर राख्ने गर्दछ । तर चिडियाखानामा रहेको बल पाइथन जातको उक्त अजिंगरको पोथीले अण्डा पार्नुमा अर्को पनि आश्चर्यको कुरा छ । प्रायः बल पाइथन जातको अजिंगरका पोथीले ६० वर्षको उमेरसम्म मात्र अण्डा पार्दछन् । जबकी सो पोथीले ६२ वर्षको उमेरमा अण्डा पारेको छ ।

सबैभन्दा बुढो सर्प

चिडियाखानाको इतिहासमा सो अजिंगर अहिलेसम्मकै सबैभन्दा बुढो सर्पको रुपमा रहेको बताइएको छ । उसले पछिल्लोपटक पारेका ७ वटा अण्डामध्ये अहिले केवल पाँचवटा मात्र बँचेका छन् र बाँकी दुई वटालाई नमूनाका लागि लगिएको छ । ती नमूनाको परीक्षण गरी उक्त अजिंगरले कसरी प्रजनन गरेको थियो भन्ने पत्ता लगाइनेछ ।

उक्त पोथी अजिंगरलाई सन् १९६१ मा चिडियाखानामा ल्याइएको थियो । सन् २००९ मा पनि उसले केही अण्डा पारेको थियो । तर त्यतिबेला पारेका कुनैपनि अण्डा बँचेनन् । त्यसअघि उसले १९९० मा पनि अण्डा पारेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment