
२८ भदौ, दाङ । दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।
लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् ।
दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।
सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।
लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सन्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4