Comments Add Comment

सरकारी कम्पनीले दशैंमा ३ हजार खसी र च्याङ्ग्रा बेच्ने

मुस्ताङको च्यांग्रा, दाङ र हेटौंडाको खसी ल्याउने

२८ भदौ, काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ ।

घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

कम्पनीको वाषिर्क कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी-बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ ।

यसवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुल्सीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्ने योजना कम्पनीको छ । कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिसअनुसार हुने छ ।

गतवर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment