+
+
Shares

कोरोना संक्रमण कम भएसँगै भिक्टोरियामा लकडाउन खुकुलो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १४:१३

२८ भदौ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ । भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने बताएका हुन् ।

भिक्टोरियाको राजधानी मेलवर्नमा प्लेग्राउण्ड र बाहिर फिटनेसका उपकरणहरुको पसल खुला गरिनेछ । साथै बाहिर गरिने शारीरिक अभ्यासको समय दुई घण्टासम्म लम्ब्याइएको छ । साथै अब बढीमा दुई परिवारका पाँच जना मानिसहरुसम्म भेला हुन पाउनेछन् ।

यसैबीच आइतबार मेलबर्नमा लकडाउनको विरुद्धको प्रदर्शन जारी छ । आइतबार प्रहरीले प्रदर्शनको क्रममा ७४ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरु प्रहरीमाति हिंसात्मकरुपमा जाइलाग्नु दुःखद रहेको उल्लेख छ । भिक्टोरियामा अहिलेसम्म १९ हजार ८३५ संक्रमित भेटिएका छन् भने अहिलेसम्म यो राज्यमा ७२३ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?