Comments Add Comment

नौ वर्षदेखि वीर अस्पतालमा बसेकी गंगामायाको प्रश्न – अब म कता जाऔं ?

२८ भदौ, काठमाडौं । माओवादी द्वन्द्वकालमा विद्रोही पक्षबाट मारिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेकी गंगामायाले वीर अस्पतालमा ‘डेरा’ जमाएको ९ वर्ष बितिसक्यो ।

वीर अस्पतालमा अनसनमै रहेका बेला उनका पति नन्दप्रसादको ६ असोज २०७१ मा निधन भयो । अहिलेसम्म शिक्षण अस्पतालमा रहेको पतिको शव उठेको छैन । गंगामायाले पछिल्लोपटक २०७५ असार २९ मा अनसन तोडेकी थिइन् । तर, अन्त जाने ठाउँ नभएको भन्दै उनी ०७५ सालदेखि नै वीर अस्पतालको स्टाफ वार्डको क्याबिन नम्बर ७ मा बस्दै आएकी छिन् ।

यही बीचमा सरकारले वीर अस्पतालमा कोभिडका बिरामीहरु राख्ने निर्णय गरेपछि गंगामाया समस्यामा परेकी छन् । ‘म वीर अस्पताल कुरेर बसेको ९ वर्ष भयो, आज निस्किएर कहाँ जाने ? उनले भनिन्, कोठासोठा भए बस्नुस् भन्नुभयो, । तर, मेरो कोठा छैन ।’

आफ्नो एउटा छोराको हत्या भएको र अर्को छोरो जेलमा रहेको बताउँदै उनले भनिन्, अब म कहाँ जाऊँ ?’

अस्पताल प्रशासनले वीरका अरु बिरामीलाई सारेको ट्रमा सेन्टरको सातौं तलामा बस्न गंगामायालाई सुझाएको छ । तर, गंगामायाले समूहमा नबस्ने भन्दै क्याबिनमा बस्न चाहेकी छन् । तर, ट्रमामा क्याबिन नरहेको अस्पताल प्रशासन बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment