
२८ भदौ, काठमाडौं । बाँकेबाट रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देवबहादुर बाठासहित ४ जना रहेका छन् । प्रहरीका अनुसार बैजनाथगाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट आइतबार बिहान १ थान रेडपाण्डाको छालासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बाँकेबाट खटिएको प्रहरीको टोलीले रेडपाण्डाको छालासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4