+
+
Shares

सनराइज बैंकको ग्रिनपिन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १७:२६

२८ भदौ, कठमाडौं । सन्राइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट,क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजि पिन मेलरको आवश्यकता नपर्ने भएको छ ।

ग्राहकहरूले आफ्नो नयाँ कार्डकुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन् ।

सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँँदा यो सुविधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको विश्वास छ ।

साथै, कागजिपिन मेलरमा भरपर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखामार्फत निबेदन दिए पश्चात तत्कालै कागजबिहिन ग्रिनपिन सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?