Comments Add Comment

इजरायलमा देशभर दोस्रो चरणको लकडाउन, विरोधमा एक मन्त्रीले दिए राजीनामा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

२९ भदौ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले एकपटक फेरि देशभर लकडाउन घोषणा गरेको छ । यसअनुसार यहुदी नयाँ वर्षको समयमा कडा प्रतिबन्ध लागु हुने बीबीसीले जनाएको छ ।

इजरायल सरकारले शुक्रबारबाट दोस्रो चरणको लकडाउन सुरु गर्ने निर्णय गरेको छ । यो लकडाउन तीन हप्तासम्म चल्ने बताइएको छ ।

इजरायलमा हाल दैनिक चार हजार सक्रिय संक्रमित फेला पर्दै आएका छन् । त्यसैले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लकडाउनको निर्णय बाध्यता भएको बताएका छन् । उनले भनेका छन्, ‘यो कदमबाट ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

यहुदी समुदायको प्रमुख चाडको समयमा लकडाउन लागु गरिँदै छ । त्यसैको विरोधमा एक जना मन्त्रीले राजीनामा नै दिएका छन् । साथै उनले सत्ता गठबन्धनबाट आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धमकीसमेत दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार करिब ९० लाख जनसंख्या रहेको इजरायलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सयभन्दा बढी पुगेको छ । यसैगरी १ लाख ५३ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । हाल संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment