Comments Add Comment

चितवनमा रासायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना, मल पनि जफत

२९ भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनको छ । त्यसैले सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सरकारबाट अनुदानमा मल लिएर किसानलाई बढी शुल्कमा बेचिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना, सदस्यद्वय निर्मला घिमिरे र मायानाथ अर्याल थिए ।

यस्तै जिल्ला प्रशासनले जफत गरिएको मल बिक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र सो बापतको रकम सरकारको राजश्व खातामा जम्मा गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला प्रशासनले सो सहकारी संस्थालाई थप कारबाही गर्नका लागि स्थानीय तह रत्ननगर नगरपालिकालाई पत्र पठाएको छ । सहकारी संस्थाहरु स्थानीय सरकारसँग अनुमति लिएर सञ्चालनमा रहेकाले सोही अनुरुप स्थानीय तहबाट पनि कारबाही गर्नका लागि पत्र पठाइएको हो ।

यो पनि पढ्नुहोस मल किन्न सहकारीमै ओच्छ्यान ! महंगोमा बेच्नेलाई कारवाही भएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment