Comments Add Comment

लोक गीत ‘कालो बादल’ एक बियोगान्त कथा

वैदेशिक रोजगारी हरेकजसो नेपालीको वाध्यता बनेको छ । देशमै रोजगारको अवसरहरु नहुँदा वा श्रमले उचित मूल्य नपाउँदा पसिना चुहाएर पेट भर्नुपर्ने अवस्थाका युवाहरु विदेशिएका छन् । एकातिर विदेशको मरुभुमीमा पसिना बेच्नु त छँदैछ, रोगी बुवाआमा, कलिला छोराछोरीसँग पनि टाढिनु परेको छ । बुढ्यौलीले थलिएका आमाबुवाहरुले झरिलो–भरिलो छोराछोरीलाई भारी मनले बिदाइ गर्नु परिरहेको छ । बालबच्चाले आफ्ना न्यानो छहारीबाट विमुख हुन परिरहेको छ ।

जबकी वैदेशिक रोजगारीबाट पुस्तैनी ऋण तिर्ने, छोराछोरी पढाउने, आमाबुवाको उपचार गर्ने र स्वदेश फर्केर सानोतिनो उद्यम गर्ने रहरहरु विदेशमै तुहिने गरेका छन् । कतिपयले श्रम अनुसार पारिश्रमिक पाएका छैनन्, कतिपय उतै अंगभंग भएक छन्, कतिपय भने निर्जिव बनेर कफिनमा फर्किरहेका छन् । वर्तमान समाजले झेलिरहेको सबैभन्दा कठिन यही पीडालाई कथा, उपन्यास, गीत, चलचित्रमा समेटिएका छन् । ‘कालो बादल’ यसैको निरन्तरता हो । हालै सार्वजनिक यो लोकगीतले वैदेशिक रोजगारीबाट एउटा परिवारमा परेको बज्रपातको कथा भन्छ ।

महान चाड दशैं तिहार नजिकिंदै गर्दा अहिले आफ्ना सन्तान घर फर्कि आउने आशामा रहेका घरपरिवारमा अप्रत्यासित आइपर्ने अप्रिय घटनालाई यसमा उठान गरिएको छ ।  गीतमा देवि घर्ति पूर्णकला बि।सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।

गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment