Comments Add Comment

अनमोल र अनुपः रिलमा दुश्मन, रियलमा दाजु–भाई

चलचित्र ‘कृ’मा नायक अनमोल केसी र अर्का नायक अनुप विक्रम शाहीको लडाई देखाइएको छ । रिल लाइफमा यी दुइको लडाइले दर्शकको मन जित्यो ।

तर, रियल लाइफमा भने यी दुई कलाकारको सम्बन्ध फरक छ । अनुप विक्रम शाही र अनमोल केसी समय–समयमा भेटघाट गर्छन् । अनुपले संचालन गरिरहेको रेष्टुरेन्टमा उनलाई भेट्न अनमोल पुगेका थिए । अनमोलका चलचित्र क्षेत्रमा निकै कम साथी छन् । जसमध्ये एक अनुप विक्रम शाही हुन् ।

अनुपले सार्वजनिक गरेको तस्वीरमा पनि उनीहरुको मित्रता प्रष्ट झल्किएको छ । अनमोलसँगका केही तस्वीरमा अनुपले अनमोललाई ‘रिलमा दुश्मन, रियलमा दाजुभाई’ भनेर लेखेका छन् । प्रायः घरमै बस्न रुचाउने अनमोल चलचित्र क्षेत्रका निकै कम साथीहरुलाई समय मिलाएर भेट्छन् । अनमोल अहिले चलचित्र ‘पारस’को काममा व्यस्त छन् ।

दुई नायकको भेटपछि चलचित्र बजारमा अनुप र अनमोलले ‘पारस’मा सहकार्य गर्न लागेका त होइनन् भन्ने चर्चा चलेपनि दुबैले यो कुरा अस्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment