Comments Add Comment

फिट वर्षा

नेपाली चलचित्रमा नायिका वर्षा राउतको करिअर सुखद तरिकाले अगाडि बढिरहेको छ । चलचित्र होस् या म्यूजिक भिडियोमा नै किन नहोस्, वर्षाको व्यस्तता कम भएको छैन ।

लकडाउन अगाडि वर्षाले चलचित्र ‘२ नम्बरी’मा काम गरिरहेकी थिइन् भने ‘के घर के डेरा’ साइन गरेकी थिइन् । उनलाई निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ६’मा खेलाउने तयारी गरेका थिए ।

चलचित्र र म्यूजिक भिडियोमा व्यस्त वर्षालाई लाग्ने आरोप के छ भने, उनी आफूलाई मेन्टेन गर्न सक्दिनन् । खानेकुराको सौखिन वर्षा अरु कलाकार जस्तो फिट रहन नसकेको आरोप लाग्दै आएको छ ।

उनै, वर्षाले लकडाउनको फुर्सदिलो समय सदुपयोग गर्दै दैनिक जीममा समय बिताइरहेकी छिन् । सामाजिक संजालमा उनले सार्वजनिक गरेको तस्वीरमा पनि उनी जीममा समय बिताइरहेको देख्न सकिन्छ । अर्कोतिर, उनी पहिलेको भन्दा धेरै फिट देखिएकी छिन् ।

वर्षाले दैनिक करिब २ घन्टा जीममा बिताइरहेकी छिन् भने खानेकुरामा पनि निकै कन्ट्रोल गरेकी छिन् । चौतर्फी रुपमा हुँदै आएको आलोचना अब नहुने आशा वर्षाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment