+
+
Shares

सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १५:०२

३० भदौ, काठमाडौं । विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो ।

ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको छ । अन्य प्रहरी युनिट झैँ सर्वसाधारणको सम्पर्क नहुने ब्युरोमा कसरी संक्रमण फैलियो भन्ने खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?