+
+
Shares

१० हजार स्थानमा वर्ल्डलिंकका  फ्रि वाईफाई

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते ११:२१

३१ भदौ, काठमाडौं । वर्ल्डलिंकले  देशका विभिन्न दश हजार स्थानमा व्यवसायिक फ्रि वाईफाई सेवा उपलब्ध गराइरहेको छ । यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए ।

‘यसबाहेक हामीले महाबिर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेट सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरदा दिएका छौं ।’

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिङ्कले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको भन्दै आभार व्यक्त गरे ।

‘देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिङ्कले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ,’ उनले भने, ‘त्यसका लागि आश्रमको तर्फबाट वर्ल्डलिङ्कलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीले आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि  १० लाख रुपैयाँ बराबरको लत्ताकपडाको समेत व्यवस्था गरिदिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?