Comments Add Comment

बोर्डले माग्यो चाडबाड मनाएका तस्वीर, उत्कृष्ट ५लाई नगद पुरस्कार

३१ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित फोटो सिरिज प्रतियोगिता अन्तर्गत चाडबाडलाई लक्षित गरी प्रतियोगिता संचालन गर्ने भएको छ । चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाए पनि सकारात्मक र सृजनशील अनुभुति दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा आगामी मंसिर १० गतेसम्म कम्तिमा ७ वटा भिन्नाभिन्नै तस्वीर पठाइसक्ने पर्ने भएको छ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभल साइटमा गएर तस्वीरहरु अपलोड गर्न सकिन्छ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा उत्साहजनक सहभागिता देखिएको भन्दै प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।बोर्डले यसरी प्राप्त उत्कृष्ट तस्वीरलाई  सांस्कृतिक पर्यटन प्रवर्द्धनको रुपमा उपयोग गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको हो । यो अभियान बिस्तार गर्दै फोटोनेपाल डट ट्राभल सुरु गरिएको हो । अहिले यस साइटमा ११ हजार भन्दा बढी सदस्यहरुका २५ हजार फोटो संग्रहित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment