Comments Add Comment

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ३, काभ्रेका २, रामेछाप, मोरङ, सप्तरी, कैलाली, बारा, कास्कीका एकएक जनाको मृत्यु भएको छ ।

  • सोमबार वीर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकी काठमाडौं महानगरपालिका-२१, काठमाडौंकी ७४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी दमकी विरामी थिइन् ।
  • काठमाडौं महानगरपालिका-२१, काठमाडौंकी ७१ वर्षीया महिलाको बुधबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना भएको २५ गते पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधेमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित थिइन् ।
  • काठमाडौंकी ८१ वर्षीया महिलाको सुमेरु अस्पतालमा मृत्यु भएको छ । उनी २९ गते भर्ना भएकी थिइन् ।
  • पनौती नगरपालिका, काभ्रेका ४१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । अल्कोहलिज्म र प्याक्रियाटाइटिसको समस्याले २७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २९ गते पुष्टि भएको थियो ।
  • काभ्रेकी ५५ वर्षीया महिलाको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर उनी २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • रामेछापका ३६ वर्षीय पुरुषको निदान अस्पतमलमा मंगलबार मृत्यु भएको छ । उनी २४ गते भर्ना भएका थिए ।
  • नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी बेलबारी नगरपालिका-७, मोरङकी ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी श्वासप्रश्वास र पेट दुख्ने समस्या लिएर २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • खडक नगरपालिका-३, सप्तरीका ३५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रपिष्ठान धरानमा मृत्यु भएको छ । २८ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । मिर्गौलामा समस्या भएपछि एक वर्षदेखि डायलासिस गराउँदै आएका उनी उच्च रक्तचापका समते विरामी थिए ।
  • धनगढी उपमहानगरपालिका-५, कैलालीकी ५७ वर्षीया महिलाको सेती अस्पतालमा मृत्यु भएको छ । १७ भदौमा संक्रमण पुष्टि भएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपटि १९ गते अस्पताल भर्ना गरिएको थियो । एकसातादेखि भेन्टिलेटरमा रहेकी उनलाई प्लामा समेत दिइएको थियो ।

बाराकी ४६ वर्षीया महिला र कास्कीका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment