+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते ९:११
फाइल तस्वीर

१ असोज, चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध भएकाले सवारीसाधनहरु र तिनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।

तीन दिनको अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनौं पहिरो खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?