Comments Add Comment

थियागोलाई भित्र्याउने लिभरपुलको तयारी

१ असोज, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखबाट स्पानिस मिडफिल्डर थियागो अलकान्टारोलाई भित्र्याउने भएको छ । थियागोका लागि लिभरपुलले २७ मिलयन पाउण्ड तिर्ने र अनुबन्धको नजिक पुगेको बीबीसीले जनाएको छ ।

२९ वर्षीय थियागो सन् २०१३ मा स्पानिस क्लब बार्सिलोनाबाट बायर्न गएका थिए । उनले गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पीएसजी विरुद्ध अन्तिम पटक बायर्नका लागि खेलेका थिए ।

थियागोको विषयमा लिभरपुल र बायर्नबीच कुराकानी भइरहेको बीबीसीले जनाएको छ । थियागोको सम्झौता भने अझै एक वर्ष बाँकी रहेको छ ।

यदी थियागो प्रिमियर लिग क्लब गए यस सिजन लिभरपुलको दोस्रो अनुबन्ध हुनेछ । लिभरपुलले यसअघि ग्रीसका लेफ्ट ब्याक कोस्टास टिमिकासलाई अनुबन्ध गरिसकेको छ ।

गत साता थियागोको अनुबन्धबारे लिभरपुलका म्यानेजर युर्गोन क्लोपलाई सोध्दा उनले ट्रान्सफर विन्डो खुल्ला रहेसम्म आफूले अहिले केही नभन्ने प्रतिक्रिया दिएका थिए ।

थियागोले बार्सिलोनाबाट करियर सुरु गरिएका थिए । २०१३ मा बायर्न गएपछि उनले लगातार सात पटक बुण्डेसलिगा उपाधि चार जर्मन कप र एक क्लब वर्ल्ड कप जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment