
१ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको एयर्पोर्टस्थित राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बिहीबार २८ जना सैनिकमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
प्रमुख वाग्लेका अनुसार छुट्टीमा घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने भएकोले उनीहरुको भदौ २८ गते स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई सेनाकै आइसोलेसनमा राख्ने तयारी भइरहेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4