+
+
Shares

रोजगारी खोज्ने र दिने दुबैका लागि ‘हायर मी नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १७:२५

१ असोज, काठमाडौं । रोजगारी खोज्ने र श्रमिक चाहिने दुबै पक्षलाई लक्षित गर्दै ‘हायर मी नेपाल’ सञ्चालनमा आएको छ । हायमीले रोजगार चाहिनेहरुलाई रोजगारको खोजी गर्ने र कर्मचारीहरु चाहिनेका लागि कर्मचारी खोजिदिने एजेन्टको रुपमा काम गर्ने बताइएको छ ।

बिहीबार हायरमी नेपालको मोबाईल एप समेत सार्वजनिक गरेको छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले श्रावण १ गतेबाट हायरमी नेपालको अनलाइन वेबसाइट लन्च भएको थियो ।

यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिने बताइएको छ । कम्पनीले अबको २ वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई ५० हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?