१ असोज, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउको पद धरापमा परेको छ ।
उनीविरुद्ध अविश्वासको मत राख्नेको आवश्यक संख्या पुगेपछि उनको पद धरापमा परेको हो ।
उनीविरुद्ध हस्ताक्षर अभियान सुरु गर्नेहरुले स्थानीय समयअनुसार बिहीबार बिहानसम्म १८ हजार हस्ताक्षर संकलन गर्ने र उक्त कागजात क्लबमा बुझाउने तयारी गरेका स्पेनिस अनलाइन मार्काले जनाएको छ ।
हस्ताक्षरको प्रमाणीकरण गरेपछि बार्सिलोनाले बार्तामेउ रहने कि नहरने भन्ने निर्णय गर्ने मार्काले जनाएको छ । स्पेनको अर्को अनलाइन एएसले बार्ताबेउ विरुद्धको अविस्वासको प्रस्ताव दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ ।
अविश्वासको मतलाई समर्थन गर्नेमा आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा अघि रहेका तीन जना जोर्डी फारे भिक्टोर फन्ट र ल्युस फर्नान्डेज अलसहित आठ विचार समूहहरु समावेश छन् ।
उक्त मतको मिति आगामी १० देखि २० दिन बीचमा घोषणा गरिने छ । यदि दुई तिहाई संख्या यसको पक्षमा रहे भने क्लबले बार्तामेउलाई पदबाट हटाउन बाध्य पार्नेछ र क्लबको नयाँ अध्यक्ष छान्न चुनाव सञ्चालन हुनेछ ।
हस्ताक्षर प्रमाणिकरण भएपछि १ लाख ५० हजार सदस्यहरुले यस विषयमा मतदान गर्नेछन । जसमा कम्तीमा ६६ प्रतिशत मतले अविश्वासको प्रस्तावमा मतदान गरे बार्तामेउको अध्यक्ष पद सकिनेछ ।
एएसले जस्तोसुकै कठिनाइ आएपनि यो अभियानले आवश्यक मत पाउने दावी गरेको छ ।
संकलित हस्ताक्षरलाई बिहीबार बेलुका ६ बजे क्लबमा पेश गरिने भएको छ ।
प्रतिक्रिया 4