+
+
Shares

चितवनको रत्ननगरका मेयरलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते ११:१७

२ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको छ ।

भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।

नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । स्वाब दिने बेलामा केही लक्षण देखिएको भए पनि अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको मेयर बनले बताए ।

उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?