Comments Add Comment

सरकार आफैं केन्द्रिकृत शासनको पक्षमा : कांग्रेस नेता सिंह

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरीत केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाएका छन् ।

गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले संघीय व्यवस्थासहितको संविधान कार्यान्वयन गर्नुपर्ने सरकार आफैं केन्द्रिकृत प्रणाली ल्याउन लागिपरेको बताए ।

संघीय संरचना अनुसार देशमा स्थानीय र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्‍याएको नेता सिंहले बताए । जनताहरु कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनको आरोप छ ।

महामारीका बेला गुर्नपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइदै छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment