+
+
Shares

प्रहरी हिरासतबाटै चोरी कसुरका चार आशंकित फरार 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १६:०६
प्रतिकात्मक तस्वीर ।

२ असोज, काठमाडौं । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि ल्याइएका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका हुन् ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ड्यूटी अफिसर सुतेको बेला हत्कडीसहित अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल भागेको पाइएको छ । प्रहरीले उनीहरुले लगाएको एउटा हत्कडी भने बरामद गरेको छ ।

फरार चारै जनाको खोजी भइरहेको राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?