Comments Add Comment

देवदहमा वस्तीमा बाढी पस्दा लाखौंको क्षति

तस्वीर सौजन्य : इन्द्र केसी

२ असोज, बुटवल । भारी वर्षापछि आएको बाढीले रुपन्देहीको देवदहमा लाखौंको क्षति भएको छ । बिहीबार रातिदेखि परेको वर्षापछि देवदहको भलुही र रोहिणी खोलामा आएको बाढीले देवदहको वडा नम्बर ९ र १० मा १० वटा घर र कुखुरा फार्ममा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बाढीले देवदह नगरपालिका– १० का कमल कुँवरको रोहिणी पोल्टी फार्म बाढीले डुबाउँदा त्यहाँ रहेका एक हजार बोइलर कुखुरासहित २ क्वीन्टल दाना क्षति भएको छ ।

यस्तै बाढीले भलुहीको आसाम टोल, रोहिणी डाडा, देवदह मेडिकल कलेजलाई पनि असर गरेको छ । देवदह– १० मै टेकबहादुर लम्तरीको कुखुरासहितको खोर बाढीले बगाएको छ ।

यस्तै सोही ठाउँमा शेरबहादुर गोतामे, डिलबहादुर क्षेत्री, वडा नम्बर ९ का विष्णु ज्ञवालीको किराना पसल, खेम थापाको पराल टौवा र मलखाद, इन्द्र जिसी र खगेन्द्रबहादुर लिम्बुको घर, कुखुरा र हाँसका खोरमा बाढी पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

यस्तै डिलबहादुर बस्नेतको घरमा बाढी पस्दा सुनको औठी र मोबाइलसहित बगाएको खत्रीले जानकारी दिए । बाढीबाट मानवीय क्षति नभए पनि ७ लाख २० हजार बढीको भौतिक क्षति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment