Comments Add Comment

पर्सा जिल्ला अदालत असोज ५ गतेदेखि खुल्ने

२ असोज, काठमाडौं । पर्सा जिल्ला अदालतले असोज ५ गतेदेखि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आव्हान गरिएको लकडाउन र निषेधाज्ञा कारण बन्द रहेको अदालतले आफ्नो सेवा नियमित गर्न लागेको हो ।

अदालतले शुक्रबार सूचना जारी गरेर असोज ५ गतेबाट अदालत खुल्ने जानकारी गराएको छ । असोज ५ गतेदेखि बाटोको म्याद बाहेक ३० दिन भित्र बन्दाबन्दी पूर्व जुन गतेका लागि जिल्ला अदालतबाट तारेख तोकिएको हो, त्यही गते अदालतमा गएर तारेख लिन सकिने सूचनामा उल्लेख छ । अर्थात २०७६ साल चैत ११ गते साधरण वा पेशी तारेख तोकिएको व्यक्तिले ०७७ असोज ११ गते तारिख लिन सक्ने एवं प्रकार वैशाख ५ गते तारेख तोकिएकोमा उनीहरुले असोज ५ गते तारेख लिन सक्नेछन् ।

०७६ चैत ९ र १० गतेका लागि तारिख तोकिएका सेवाग्राहीहरुले ०७७ असोज ५ र ६ गते अदालतमा आई तारेख लिन सक्ने, मेलमिलापका लागि तारेख तोकिएको मुद्दाहरुमा सम्बन्धित पक्षहरुलाई असोज २० गतेपछि मात्रै आउन भनिएको छ भने अनलाइन तारेख असोज २० पछि नै प्रदान गरिने अदालतको सूचनामा उल्लेख छ ।

कानुन व्यवसायी वा लेखापढी व्यवसायीहरु वारेस भई तारेखमा रहेको मुद्दाहरुमा अपरान्ह ४ बजेपछि तारेख लिन सकिने, फिरादपत्र, प्रतिउत्तर, तथा निवेदनपत्रहरु सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि १ बजेसम्म दर्ता गर्ने, अभियोगपत्र दर्ता, म्याद थप, अनुमति प्रदान, पक्राउ पूर्जी जारी लगायतका कार्य अपरान्ह ४ बजेपछि मात्रै गर्ने, बन्दाबन्दी खुलेपनि कोरोनाको जोखिम यथावत रहेकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्रै सेवा लिनेदिने सूचनामा आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment