Comments Add Comment

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

३ असोज, काठमाडौं । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार उनमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो ।

उपाध्यक्ष राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नम्रताको स्टाइल

Advertisment