
३ असोज, काटमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै डा के.सी.को जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
१० साउन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै भनेका छन्, त्यही बर्ष माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ ।’
प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् ।
प्रतिक्रिया 4