+
+
Shares

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १६:५०

३ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको उनले बताए ।

शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएका थिए । सेलाउन लगिएको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर दुबै पक्षबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनकाअनुसार छलफल भइरहँदा पनि घरेलु हतियार बोकेर सर्वसाधारण निस्किन थालेको सूचना आएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?