Comments Add Comment

क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत भेटिए

४ असोज, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका एक कर्मचारी नहरमा मृत अवस्थामा भेटिएका छन् ।

सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले अस्पतालमा बिजुली मर्मतको काम गर्दथे ।

उनको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment