Comments Add Comment

यो हो संसारकै ठूलो चकलेट संग्रहालय

काठमाडौं । दुनियामा विभिन्न खालका संग्रहालयहरु छन् । तपाईंले विभिन्न ऐतिहासिक, पुरातात्विक तथा महत्वपूर्ण वस्तुहरु संग्रहित गरिने म्युजियमहरुका बारेमा त सुन्नुभएकै होला । तर के चकलेट म्युजियमका बारेमा सुन्नुभएको छ ?

हालैमात्र स्विजरल्याण्डको ज्यूरिच सहरमा चकलेट संग्राहलय खुलेको छ । गत सेप्टेम्बर १३ मा उक्त म्युजियम सञ्चालनमा आएको हो ।

६५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो चकलेट म्युजियमको नाम लिन्ट होम अफ चकलेट रहेको छ । उक्त अनौठो म्युजियम भित्र छिर्नेबित्तिकै सबै चीजवस्तुहरु चकलेटबाटै बनेका देखिन्छन् ।

उक्त म्युजियममा ३० फिट अग्लो फाउन्टेन छ, जुन आकर्षणको केन्द्रको रुपमा रहेको छ । सो म्युजियममा विश्वके सबैभन्दा ठूलो लिन्ट चकलेटको दुकान पनि छ, जसको उदघाटन महान टेनिस खेलाडि रोजर फेडेररले गरेका हुन् ।

स्मरण रहोस् ज्यूरिच सहरलाई संसारमा चकलेटको राजधानी भनेर पनि चिनिन्छ । ज्यूरिच सहरमा उत्पादित चकलेटहरु सबैभन्दा स्वादिष्ट तथा गुणस्तरीय हुने विश्वास छ ।

चकलेटका लागि विश्व प्रसिद्ध स्विजरल्याण्डमा चकलेट उत्पादनको इतिहास बुझ्नका लागि सो चकलेट म्युजियम निकै उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ ।

उक्त चकलेट म्युजियम घुम्न जाने मानिसहरुले म्युजियमभित्र रहेको चकलेटेरियामा आफैंले चकलेट बनाउन पनि पाउँछन् । उक्त म्युजियममा कोको बिन्सको उत्पादनको सुरुवात, सुरुवाती चकलेट उत्पादनको इतिहास तथा त्यसको सांस्कृतिक विरासतको झलक पनि देख्न पाइन्छ ।

लिन्ट होम अफ चकलेटमा क्याफेटेरियाको रुपमा चकलेटेरिया रहेको छ जहाँ मानिसहरु आफूलाई मनपर्ने चकलेट बनाएर स्वाद लिन सक्दछन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment