+
+
Shares

अस्ट्रेलियामा नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १३:११

४ असोज, काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम देखिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्ने तयारी भइरहेको छ ।

पछिलो २४ घण्टामा अस्ट्रेलियामा ३९ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितको यो संख्या जुन २६ यताकै सबैभन्दा कम हो । अस्ट्रेलियामा दोस्रो लहर फैलिएको भिक्टोरियाको मेलबर्नमा पछिल्लो २४ घण्टामा १४ नयाँ संक्रमित थपिएका छन् । संक्रमण कम भएसँगै भिक्टोरियाले सामाजिक प्रतिबन्धका नियमहरु खुकुलो पार्ने तयारी गरेको छ । लकडाउनको विरुद्धमा मानिसहरुले अहिले भिक्टोरियामा प्रदर्शन पनि गरिरहेका छन् । अधिकारीहरुले उनीहरुलाई धैर्य कायम राख्न आग्रह गरेका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका २७ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने कोरोनाका कारण ८१७ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?