Comments Add Comment

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको आग्रह

५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी असोज २४ गते हुन गइरहेको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्न आग्रह गरेका छन् ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाउँदै मुख्यमन्त्री राउतले निर्वाचन स्थगितको माग गरेका हुन् ।

हाल कोरोनाको अवस्था विद्यमान रहेको र प्रदेश २ यो महामारीका कारण सबैभन्दा बढी प्रभावित रहेको मुख्यमन्त्री राउतले मन्त्री त्रिपाठीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

‘वर्तमान अवस्था तथा थ्रेसहोल्डको विवाद र सम्मानित सर्वाेच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगनका लागि अनुरोध छ,’ मुख्यमन्त्रीले मन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यसअघि नेपाल मधेशी निजामती कर्मचारी मञ्चले यो निर्वाचन तत्कालका लागि स्थगन गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापन बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment