
५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभूवन विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको आरोप लगाएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै उपकुलपति नै राजनीतिक उद्देश्य बोकेर आएकोले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको बताएका छन् ।
उपकुलपतिले शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित गर्नु को सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेपाल विद्यार्थी सघंका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाई थुनाउने काम गरेको नेविसंघको आरोप छ ।
उनले आफूसँग असहमत प्राध्यापकहरुलाई समेत झुठा मुद्दा लगाएर दुःख दिएको भन्दै नेविसंघले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।
विश्विविद्यालय सुधारको माग गर्दा पछिल्लो समय नेविसंघका कार्यक्रतामाथि प्रहरी लगाएर धरपकड गर्ने, झुठा मुद्दा लगाउने गरिएको भन्दै नेविसंघले यस्ता सबैखाले समस्या समाधान गर्न माग गरेको छ ।
वार्ताको माध्यमबाट मागहरु सम्बोधन नगरी धरपकडलाई निरन्तरत दिइए थप आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी छ ।
प्रतिक्रिया 4