Comments Add Comment

मल नल्याउने ठेकदारद्वारा सरकारविरुद्ध तेस्रो मुद्दा दायर

५ असोज, काठमाडौं । तोकिएको समयमा मल नल्याउने दुई ठेकदार कम्पनीले सरकारविरुद्ध तेस्रो मुद्दा दायर गरेका छन्  । उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएको पहिलो दुई उत्प्रेष्ण निवेदनमा छलफल चलिरहेकै बेला कालोसूची सिफारिसविरुद्ध ठेकदार कम्पनीले पुनः अर्को मुद्दा दायर गरेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

‘उच्च अदालत पाटनमा ठेक्का सम्झौता रद्द र धरौटी जफतको मुद्दा चलिरहेकै थियो, फेरि अहिले उत्प्रेषण निवेदनसहित उच्च अदालतमा तेस्रो मुद्दा आएको छ,’ कृषि सामग्री कम्पनी स्रोतले अनलाइनखबरलाई भन्यो ।

मल नल्याउने ठेकदारसंगको ठेक्का सम्झौता तोड्दै भदौ २१ गते कम्पनीले धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारी कम्पनीको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दुई ठेकदार कम्पनीले उक्त निर्णय बदर गर्न माग गर्दै २८ भदौमा उत्प्रेषण रिट दायर गरेका थिए ।

मुद्दा दायरको भोलीपल्ट कृषि सामाग्री कम्पनी लिमिटेडले शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेको थियो ।

तर, उच्च अदालत पाटनका न्यायधीश हरिप्रसाद भण्डारीको एकल इजालाशले २१ भदौको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिमकालीन आदेश जारी गर्दै छलफलका लागि विपक्षीलाई झिकाएको थियो । उक्त आदेश कृषि कम्पनी नपुग्दै दुवै कम्पनीविरुद्ध कृषि कम्पनीले कालोसूची सिफारिसको निर्णय गरेको थियो ।

तर उक्त निर्णयले अदालतको मानहानी गरेको भन्दै ३० भदौमा शैलुङ इन्टरप्राइजेजले कालोसूची सिफारिस बदर गर्न माग गर्दै अर्को उत्प्रेषण रिट दायर गरेको उच्च अदालत पाटनले जनाएको छ ।

शैलुङ इन्टरप्राइजेजकातर्फबाट अधिकार प्राप्त निकेश अधिकारीले शैलुङको मुद्धा बोकेका छन् । उक्त रिटमा पनि छलफलका लागि अदालतबाट पत्र आएको कृषि कम्पनी लिमिटेडले जनाएको छ ।

प्रभावशाली अधिवक्ताहरु भिड्दै

मल नल्याउने ठेकदारको पक्ष र विपक्षमा प्रभावशाली वकिलहरुले बहस गरिरहेका छन् । जनताको प्रत्यक्ष साबलसँग जोडिएको मलमा बदमासीको बिरुद्धमा बहस गर्न कृषि सामाग्री कम्पनी लिमिटेडले वरिष्ठसहित चार जना अधिवक्ता राखेको छ । यस्तै शैलुङ र होनिकाकोतर्फबाट वरिष्ठसहित ६ जना अधिवक्ताहरु बहसमा सहभागी छन् ।

वरिष्ठ अधिवक्ताद्धय शम्भु थापा र टीकाराम भट्टराई तथा अधिवक्ताहरु कृष्णप्रसाद सुवेदी र चन्द्रमणी गैरेले मल नल्याउने ठेकदारको विपक्ष अर्थात् सरकारकातर्फबाट बहश गर्नेछन् । ठेकदारको पक्षमा बरिष्ठ अधिवक्ता सुशिल पन्त तथा अधिवक्ताहरु तुलसी भट्ट, ज्ञानेन्द्र पोखरेल, घमराज सुवेदी, बद्रीबहादुर काकी र सनिल पोखरेलले बहस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment