Comments Add Comment

रमेशको ‘रेड वाइन’मा पल र साम्राज्ञी पक्का

लामो समयदेखि संचार क्षेत्रमा सक्रिय निर्माता रमेश एम के पौडेल अब निर्देशन पनि बन्ने भएका छन् । उनले चलचित्र ‘रेड वाइन’ निर्देशन गर्ने पक्का भएको छ ।

हाल अमेरिकामा रहेका पौडेलको निर्देशनमा बन्ने यो चलचित्रका लागि मुख्य दुई कलाकार फाइनल गरिएको छ । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको छ । पल र साम्राज्ञीले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । दुई चर्चित कलाकारले एकसाथ काम गर्न पाउँदा उत्साह व्यक्त गरेका छन् ।

यस्तै, चलचित्रमा हाँस्य कलाकार सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाले अभिनय गर्ने पक्का भएको छ । यो चलचित्रको छायांकन अमेरिकामा नै हुने बताइएको छ । यो चलचित्रमा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सह–निर्मातामा भने निरु भण्डारी छिन् ।

आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठको छ । चलचित्रको छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको विचमा अमेरिकामा नै गरिने छ । चलचित्रमा ८८४८ मिडियाको पनि आवद्धता रहनेछ ।

रमेशले निर्माण गरेको ‘राज्जा रानी’ पछिल्लो समयको रिलिज चलचित्र हो ।

 

तस्वीरः विनोद पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment