Comments Add Comment

स्पोर्टिङ क्लबले एकेडेमीलाई रोनाल्डो नामाकरण गर्ने

५ असोज, काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ सीपी (क्लब डे पोर्चुगल) ले आफ्नो एकेडेमीको नामाकरण क्रिस्टियानो रोनाल्डोको नामबाट गर्ने भएको छ ।

पोर्चुगलको लेजेण्ड तथा स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका रोनाल्डोको नामबाट क्लबको एकेडेमीको नामाकरण गर्न लागेको क्लबले जनाएको छ ।

रोनाल्डो पोर्चुगलको उत्कृष्ट खेलाडीका साथै विश्वको पनि उत्कृष्ट खेलाडी रहेको भन्दै क्लबले रोनाल्डोको सम्मानमा एकेडेमीको नामाकरण गर्न लागेको जनाएको छ ।

रोनाल्डो सन् १९९७ मा १२ वर्षको उमेर स्पोर्टिङमा पुगेका थिए । उनले सन् २००२ मा इन्टर मिलानविरुद्ध १७ वर्षको उमेरमा स्पोर्टिङका लागि डेब्यु गरेका थिए ।

क्लबले केही दिनपछि नै आधिकारिक रुपमा रोनाल्डोको नामबाट एकेडेमीको नामाकरण गर्ने जनाएको छ ।रोनाल्डो स्पोर्टिङबाट ग्रयाजुएट हुने सबैभन्दा चर्चित खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment