+
+
Shares

नेविसंघद्वारा त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १२:३०

६ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभूवन विश्वविद्यालयका उपकुलपति धर्माकान्त बाँस्कोटालाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

बाँस्कोटाले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको आरोप लगाउँदै आएको नेविसंघले यसअघि घोषित आन्दोलन अनुसार मंगलबार उपकुलपति बाँस्कोटालाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।

उपकुलपति कार्यालय जाने क्रममा नेविसंघ कार्यकर्ताले बाटोमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिन खोज्दा झडपसमेत भएको नेविसंघले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघ त्रिभुवन विश्वविधालय समितिका सचिव योगेन्द्र रावलल र दीपक ओझा, रुपेश शाहलगायतलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?