+
+
Shares

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १२:२७

६ असोज, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।

घाइते तिलकको सोमबार राति नै उद्धार गरिएको भएपनि दुई जनाको भने मंगलबार बिहान शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव फेला पारेको गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।

पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?